२७ बैशाख २०७९
हाईस्पीड संवाददाता कपिलवस्तु ।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयर पदकी उम्मेदवार शुभावति कुर्मीको निधन भएको छ ।
उहाँको गए राति करिब १ बजेतिर हृदयघातका कारण निधन भएको हो । हृदयघात भएपछि उहाँलाई जिल्ला अस्पताल लगिएको थियो । तर अस्पतालमा उहाँलाई मृत घोषणा गरिएको हो । कांग्रेसले आफ्नो तर्फबाट उपमेयर उम्मेदवार रहेकी कुर्मीको निधन भएको जानकारी निर्वाचन अधिकृत कार्यालयमा पठाएको छ ।
निर्वाचन अधिकृत कुवेर पाण्डेले उपमेयर पदकी उम्मेदवारको निधन भएकोबारे कांग्रेसले पठाएको पत्र आज बिहान प्राप्त भएको बताउनुभयो । अब उम्मेदवारको निधनपछि निर्वाचन के गर्ने भन्नेबारे निर्वाचन आयोगले थप निर्णय गर्ने उहाँले बताउनुभयो ।
यहाँ वैशाख ३० मा निर्वाचन नगरी केही समयपछि निर्वाचन गर्ने सम्भावना रहेको पनि उहाँले बताउनुभयो । कुर्मी ०७४ को निर्वाचनबाट पनि उपमेयर निर्वाचित हुनुभएको थियो ।
तपाईको प्रतिक्रिया