२ जेष्ठ २०७९
हाईस्पीड संवाददाता सर्लाही ।
रामनगर गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले खाता खोलेको छ । रामनगरमा जिल्लाकै कान्छो गाउँपालिका अध्यक्षमा राजा बाबु यादव विजयी भएका छन् । यादव २२ वर्षिय युवक हुन् ।
यादवले ४ हजार ८१ मत ल्याएर विजय भएका रामनगर गाउँपालिकाका निर्वाचन अधिकृत बासुदेव तिमल्सिनाले जानकारी दिए । उनका प्रतिद्वन्द्वी आफ्नै काका नेपाली कांग्रेसका उम्मेदवार हरिनन्दन प्रसाद यादवले २,३३९ मत प्राप्त गरेका छन् ।
रामनगर गाउँपालिकको उपाध्यक्षमा माओवादी केन्द्रकै उम्मेदवार गीतादेवी साहले ३,५२३ मत ल्याएर विजयी भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार कौशिला साहले २,६३७ मत प्राप्त गरेकी छिन् ।
तपाईको प्रतिक्रिया