सरकारको लापरबाहीका कारण यो वर्ष पनि मुख्य सिजनमै रासायनिक मल अभाव
- २०७९ जेठ ११ बुधबार
११ जेठ २०७९
हाईस्पीड संवाददाता काठमाडौँ
सरकारको लापरबाहीका कारण यो वर्ष पनि मुख्य सिजनमै रासायनिक मल अभाव भएको भन्दै देशैभर किसानले गुनासो गरिरहेका छन् ।
बारीको मकै, चैते धान र छिट्टै रोपाइँ हुने असारे धान र बिउमा राख्नका लागि मलको चरम अभाव भएको किसानहरुको गुनासो छ । नेपालमा आधिकारिक रुपमा रासायनिक मल आयात गर्न दुई वटा कम्पनीले अनुमति पाएका छन् । तर, मुख्य सिजनमै सधैं मल अभाव हुनुमा यिनै संस्थाको भूमिका महत्वपूर्ण छ ।पूर्ण सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेड र अर्ध सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कम्पनीले मल आयात गर्छन् । तर, अहिले साल्टसँग मलको मौज्दात शून्य छ भने कृषि सामग्रीसँग निकै कम मल छ । सरकारले यो वर्ष मल आयातका लागि २७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेका थियो । पहिले बजेटबाटै १५ अर्ब मल खरिदमा छुट्ट्याइएकोमा पछि थप १२ अर्ब रुपैयाँ सरकारले मलका लागि दिएको थियो ।
यो रकमबाट करिब ४ सय मेट्रिकटन मल आयात गर्ने लक्ष्य राखिएकामा विभिन्न कारणले झन्झट देखिएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले बताए ।
तपाईको प्रतिक्रिया