पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ
- २०७९ जेठ ११ बुधबार
११ जेठ २०७९
हाईस्पीड संवाददाता मोरङ
मोरङमा पत्नीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।
जहदा गाउँपालिका–२ बडकी बैरियाका ४३ वर्षीय दिनेशकुमार राजभरले ३५ वर्षीया पत्नी गीतदेवी राजभरलाई हत्या गरेको आरोपमा प्रहरीले बुधवार पक्राउ गरेको हो ।पत्नीको हत्या गरेको ५ दिनपछि दिनेश पक्राउ परेका हुन् । दिनेशले जेठ ६ गते राति ९ बजे धारिलो हतियार प्रयोग गरी पत्नीको हत्या गरेको मोरङ प्रहरीले जनाएको छ ।पक्राउ परेका दिनेशलाई मोरङ प्रहरीले कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान शुरू गरेको छ ।
तपाईको प्रतिक्रिया