११ जेठ २०७९
हाईस्पीड संवाददाता काठमाडौँ
एनआईसी एशिया बैंक लिमिटेडले सन्तोष कुमार राठीलाई नायव प्रमख कार्यकारीमा नियुक्त गरेको छ ।
राठीलाई आइतबार बसेको सञ्चालक समितिको ५४५ औं बैंठकले बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका उनलाई नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०७८ को इ.प्रा.निर्देशन नं. ६/०७८ को बुँदा नं. ७ (१) (छ) मा भएको व्यवस्था बमोजिम बैंकको सञ्चालक समितिले मिति २०७९ श्रावण १ देखि लागू हुनेगरी नियुक्त गरेको बैंकले जनाएको छ ।
बैंकका अनुसार विराटनगर शाखाको शाखा प्रबन्धकको जिम्मेवारी राठी बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रमुख, विभिन्न इकोसिष्टमहरुको प्रमुख समेत रहनुका साथै
समग्र बैंक व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधिकरण लगायत विभिन्न रणनीतिक क्षेत्रमा विशेष दक्षता हासिल गरेका छन् भने राठीले वाणिज्यशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् ।
तपाईको प्रतिक्रिया