विदेशी ब्युटीसियनका लागि जापानको सौन्दर्य उद्योग खुला, अक्टोबरदेखि भिसा दिने तयारी
- २०७९ जेठ २२ आइतबार

२२ जेठ २०७८
हाईस्पीड संवाददाता काठमाडौँ
जापानले आफ्नो देशमा सञ्चालिन सौन्दर्य उद्योग (ब्युटी इन्डष्ट्री) मा विदेशी ब्युटीसियनलाई पनि अनुमति दिने भएको छ ।
टोकियो महानगरीय सरकारले हिजो शुक्रबार जापानको सौन्दर्य उद्योगलाई पहिलो पटक विदेशी ब्युटीसियन विद्यार्थीहरूका लागि पनि खुला गरेको हो । योसँगै यहाँको राष्ट्रिय नियमन योजना प्रयोग गरी विदेशीहरूले अक्टोबरदेखि सौन्दर्यकर्मीको रूपमा काम गर्न अनुमति पाउने छन् ।
त्यसका लागि आउँदो अक्टोबर १ तारिखदेखि जापानले विदेशी विद्यार्थीहरुलाई यहाँको सौन्दर्य उद्योगमा स्वीकार गर्ने जापानी सञ्चारमाध्यम क्योदो न्युजले जनाएको छ । समाचार अनुसार जापानको सौन्दर्य विद्यालयमा ब्यूटीसियन र स्टाइलिस्ट बन्न आवश्यक सीप देखाउन सफल विद्यार्थीहरुलाई व्यावहारिक ज्ञान प्राप्त गर्न पाँच वर्षसम्म फिल्डमा काम गर्न अनुमति दिइने छ ।समाचारमा उल्लेख भए अनुसार अक्टोबर १ देखि आवश्यक सीपहरु हासिल गरेका विदेशी विद्यार्थीहरूले केन्द्र सरकारको राष्ट्रिय रणनीतिक विशेष क्षेत्र योजना, क्षेत्रीय आर्थिक वृद्धिलाई समर्थन गर्ने उद्देश्यको कार्यक्रम अन्तर्गत अनुमति दिइएको ‘निर्दिष्ट गतिविधिहरू’ भिसाहरूमा सैलुनहरूमा काम गर्न सक्षम हुनेछन् ।
तपाईको प्रतिक्रिया