गुल्मीमा चट्याङ लागेर एक महिलाको मृत्यु
- २०७९ जेठ २३ सोमबार
२३ जेठ २०७९
हाईस्पीड संवाददाता गुल्मी
गुल्मीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको इस्मा गाउँपालिका– ५ निवासी ४० वर्षीया तारा सार्कीको सोमबार साँझ चट्याङ लागेर मृत्यु भएको हो ।गुल्मीका प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलका अनुसार उनी अपरान्ह बारीमा मकै खन्दै गरेको बेला चट्याङले हानेर गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया