१२ अषार २०७९
हाइस्पिड संवाददाता काठमाण्डौ ,
नेपालि कर्पोरेट हाउसको इतिहास मा ३० बर्ष पुरानो र नेपाल भरिको सबै ग्राहक को बिश्वास जित्न सफल ग्रुप को रुपमा परिचित कम्पनि बज्र ग्रुप हो | विश्वको बिभिन्न प्रसिद् ब्राण्ड नेपाल मा ३० बर्ष देखी बिक्रि गर्दै आएको बज्र ग्रुप अन्तर्गत को कम्पनि ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर कुनै पनि नेपाल भरिका असक्त व्यक्तिहरुका लागि १० हजार रुपैयाँमै उपलब्ध गराउने भएको छ ।
तपाईको गोजीमा कति छ ?’ भन्ने स्किम अन्तर्गत १० हजार रुपैयाँमा लेभ्निङ ब्रान्डको स्कुटर नेपाल भरिको अशक्त व्यक्तिले पाउने छन् । असक्त व्यक्तिको लागि बनाइएको ३पांग्रे स्कुटर को नाम LS01 मोडेल हो | यो स्कुटर जर्मन कम्पनीको Bosh को मोटर्स प्रयोग गरिएको स्कुटर हो फुल चार्ज मा राम्रो माइलेज दिने हुनाले कुनै पनि अशक्त व्यक्तिले कम्पनीको शोरुम मा गएर १०००० भुक्तानी गरि फाइनान्स मार्फत सजिलै संग खरिद गर्न पाउनेछन |

यसका साथै नविल बैंकको शून्य प्रतिशत ब्याजदरमा सो स्कुटर किन्न सकिने छ । त्यसैगरी नगदमा किन्ने लागि भने १० हजार छुट गरिएको कम्पनीले बताएको छ ।
असक्त व्यक्तिको खर्च वचत हुने, पेट्रोल हाल्न नपर्ने , शर्भिस र पार्ट्स मा खर्च नहुने , बाताबरण स्वस्छ हुने हुनाले कम्पनीले यो सहुलियत दरमा र असक्त व्यक्तिको लागि १० हजार वा शून्य प्रतिशत स्किममा लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर सिमित अवधिको लागि प्रदान गर्ने योजना लागू गरेको बताएको छ । कम्पनीको कर्पोरेट समाज प्रतिको उतरदायित्व अन्तर्गत यो स्किम असक्त व्यक्तिहरुको लागि लागु गरिएको छ |
यो योजना प्रारम्भ भइसकेको र नजिकको लेभ्निङ इलेक्ट्रिक स्कुटरको शोरुममा सम्पर्क गर्न सकिने बताइएको छ ।असक्त लागि फाइनान्स, एक्सचेन्ज र क्यासको सुविधामा लिन सकिने र यो स्किम सीमित अवधिको लागि लागू गरिएको बताइएको छ ।
नेपाली बजारमा एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँ सम्म छ ।आजै काठमाडौं को नक्साल, टेकु , भैसेपाटी शोरुम मा सम्पर्क गर्न सक्नु हुनेछ |सम्पर्क -९८०१०२९४७४, ९८०२३०८५१२
तपाईको प्रतिक्रिया