दुर्व्यवहारको आरोपमा युवा संघका केन्द्रीय सदस्य बोहराविरुद्ध जुरेलीले दिइन् जाहेरी
- २०७९ असार १६ बिहीबार
१६ असार २०७९
हाईस्पीड संवाददाता काठमाडौँ
रेस्लर अस्मिता जुरेलीले आफूमाथि दुर्व्यवहार भएको भन्दै जाहेरी दिएकी छन् ।
असार १५ मा हिलो खेल्ने क्रममा आफूमाथि दुर्व्यवहार भएको भन्दै जिल्ला प्रहरी परिसरमा जाहेरी दिएकी हुन् ।युवा संघका केन्द्रीय सदस्य हिलारी भन्ने हिकमत बोहराविरुद्ध उनले जाहेरी दिएको प्रहरी परिसर ललितपुरले जनाएको छ ।युवा संघले नै आयोजना गरेको कार्यक्रममा बुधबार उनी भैंसेपाटी पुगेकी थिइन् ।रोपाइँ उत्सव मनाउँदा उनलाई पछारेको भिडिओ सार्वजनिक भएको थियो । घटना लगत्तै उनले आपत्ति जनाएपछि हात हालाहालको अवस्था सिर्जना भएको थियो ।
तपाईको प्रतिक्रिया