घट्यो सुनको मूल्य
- २०७९ असार १७ शुक्रबार
१७ असार २०७९
हाईस्पीड संवाददाता काठमाडौँ
शुक्रबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ । शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य ९७ हजार २०० रुपैयाँ र तेजावी सुनको प्रतितोला मूल्य ९६ हजार ७०० रुपैयाँ कायम गरिएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार ५०० र तेजावी सुन ९७ हजार रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदीको प्रतितोला मूल्य १ हजार २१० रुपैयाँ कायम गरिएको छ । बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।
तपाईको प्रतिक्रिया