१९ असार २०७९
हाईस्पीड संवाददाता काठमाडौँ
प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको बताइन् ।उनले प्रधानमन्त्री देउवाको भ्रमण अपेक्षित रहेको उल्लेख गर्दै सबै कुरा तयारी पुगेपछि मितिको घोषणा हुने बताइन् । प्रवक्ता लम्सालले परराष्ट्रमन्त्री डा। नारायण खड्काको चीन भ्रमण पनि उपयुक्त समयमा हुने बताइन् ।
प्रवक्ता लम्सालले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अस्विकार गर्ने नेपाल सरकार मन्त्रीपरिषदको निर्णयबारे अमेरिकालाई पत्र पठाउने काम भइनसकेको समेत स्पष्ट पारिन् ।
सो प्रोग्रामबारे नेपाल सरकार मन्त्रिपरिषदले गरेको निर्णय मन्त्रालयमा आएको तर अध्ययन भइरहेकाले पत्र भने गइनसकेको उनको स्पष्टिकरण थियो । प्रवक्ता लम्सालले अध्ययन भइसकेपछि मन्त्रिपरिषदको निर्णय कार्यान्वयन हुने बताइन् ।
तपाईको प्रतिक्रिया