२० असार २०७९
हाईस्पीड संवाददाता काठमाडौँ
चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि अभिनेता भुवन केसीसहित १० जनाले आवेदन दिएका छन् ।
आवेदन दिने अन्तिम दिन आइतबारसम्म ती निवेदन प्राप्त भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको संस्थान समन्वय शाखाले जानकारी दिएको छ । शाखाका प्रमुख मुकुन्द शर्माका अनुसार आवेदन दिनेहरुमा केसीसहित सम्झना उप्रेती रौनियार, अरुणकुमार प्रधान, मनिष पण्डित, सुष्मा कार्की, नरेश पौड्याल, सुशील पोखरेल, सुचित्रा श्रेष्ठ, दीपक श्रेष्ठ र निर्मलराज पौड्याल छन् ।आवेदन दिएसँगै अब अन्तवार्ता लगायतका प्रक्रिया अघि बढ्ने जानकारी संयोजक शर्माले अनलाइनखबरलाई बताए । उनका अनुसार नियुक्तिको प्रक्रिया पूरा हुन अझै केही साता लाग्नेछ । आवेदन प्राप्त भएपछि गठित समितिले अब तोकिएको मापदण्डअनुसार आवेदन आएको छ कि छैन भनेर रुजु गर्ने जनाइएको छ । मापदण्डअनुसार आवेदन प्राप्त भए प्रक्रियामा अघि बढ्ने शर्माले जानकारी दिए ।
तपाईको प्रतिक्रिया