२० असार २०७९
हाईस्पीड संवाददाता काठमाडौँ
बिक्रीको चाप बढेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ९ अंकको गिरावट आएको छ ।
पछिल्लो समय निरन्तर परिसूचक बढ्न थालेपछि सेयर मूल्य बढेको मौका छोप्दै लगानीकर्ताहरूले आफूसँग भएको सेयर बिक्री अर्डर दिएपछि बजार घटेको हो ।आज ९.७५ अंकको गिरावटसँगै नेप्से परिसूचक २०७६ अंकमा आइपुगेर बन्द भएको छ । यसक्रममा आज ४ अर्ब ३४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, आज १ करोड ९ लाख ८१ हजार कित्ता सेयर किनबेच भएको छ ।कारोबार सुरू भएदेखि बढ्न थालेपनि अन्तिम समयमा नेप्से घटेको हो । खासगरी, कारोबार बन्द हुने समयमा बिक्री चाप बढेपछि बजार ओरालोतर्फ लागेको थियो । कारोबार समयमा नेप्सेमा ४० अंकभन्दा धेरैको वृद्धि देखिएको थियो ।परिसूचक एकल अंकले घट्दा सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२७ रुपैयाँले बढ्दै १ हजार ४०३ रुपैयाँ पुगेको छ । आज यसबाहेक अन्य कम्पनीको सेयरमा उच्च अंकको वृद्धि देखिएन ।यद्यपी, ग्लोबल आईएमई बैंकको डिबेन्चरमा भने ९ प्रतिशतभन्दा बढीको गिरावट आएको छ । यसक्रममा आज शिवम् सिमेन्टको सेयर सबैभन्दा धेरै १७ करोड ५८ लाख रुपैयाँको किनबेच भएको छ । यसपछि, हिमालयन डिस्टिलरीको सेयर १६ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ
तपाईको प्रतिक्रिया