लुम्बिनी प्रदेशका मन्त्रालयहरुको नाम हेरफेर
- २०७९ श्रावाण १ आइतबार
१ साउन २०७९
हाईस्पीड संवाददाता काठमाडौँ
शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले लुम्बिनी प्रदेश सरकारले केही मन्त्रालयको नाम हेरफेर गरेको छ ।
प्रदेश सरकारले आर्थिक मामिला तथा सहकारी मन्त्रालयलाई अर्थ तथा सहकारी, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयलाई आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालय नामाकरण गरेको हो ।यस्तै कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको नाम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको नाम परिवर्तन गरी स्वास्थ्य मन्त्रालय मात्र बनाइए छ ।
तपाईको प्रतिक्रिया