दमन रुपाखेतीकाे नयाँ प्रस्तुती ‘लाष्टाँ त्यै’
- २०७९ श्रावाण ६ शुक्रबार

६ श्रावन २०७९
हाईस्पीड संवाददाता काठमाडौ
लामो समय देखि विभिन्न हाँस्य टेली सिरियलमा एकछत्र रुपमा काम गर्दै आएका कलाकार तथा निर्माता दमन रुपाखेतीले अर्को नयाँ टेली सिरियल लाष्टाँ त्यैनिर्माण गरेका छन् ।
आम दर्शक माझमा थुप्रै टेली सिरियलले मनोरञ्जन दिई रहेको अवस्थमा थप मनोरञ्जन दिने हेतुले अर्को टेली सिरियल लाष्टाँ त्यै नामक टेली सिरियलले मनोरञ्जन दिन थालेको छ ।
निर्माता तथा कलाकार दमन रुपाखेतीद्वारा निर्माण गरिएको लाष्टाँ त्यै टेली सिरियलको पहिलो भाग जीतु कमेडी नामक युट्युब च्यानल मार्फत दर्शक माझ सार्वजनिक गरेका छन् ।
उक्त टेली सिरियलमा निर्माता तथा कलाकार दमन रुपाखेती, सुमन गिरी (भान्जा), सुरेन्द्र केसी लगायत अन्य चर्चित कलाकारहरुले अभिनय गरेका छन् ।
साथै आम दर्शकको माया, साथ, सहयोग सँगसगै यस टेली सिरियलको अन्य भागहरु निरन्तर रुपमा निर्माण गरी दर्शकलाई अझ मनोरञ्जन दिने निर्माता दमन रुपाखेतीले बताए ।
तपाईको प्रतिक्रिया