गोल्डेन गेटमा ब्यूटीसियन पाढाइ हुने, फेसियल हाउससंग भयाे यस्ताे सम्झौता
- २०७९ श्रावाण ६ शुक्रबार
६ श्रावन २०७९
हाईस्पीड संवाददाता काठमाडौ
गोल्डेन गेट कलेज र फेसियल हाउसको संयुक्त आयोजनामा ब्यूटि एण्ड हेयर विषयमा अध्यापन हुने सम्झौता भएको छ ।
शुक्रबार एक कार्यक्रमकाबिच फेसियल हाउसको तर्फबाट प्रबन्ध निर्देशक सुस्मा महरा शाह र कलेजको तर्फबाट अध्यक्ष रमेश कुमार सिलवालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
गेल्डेनगेटका ११ र १२ कक्षाका विद्यार्थीहरुले मानविकी र व्यवस्थापन अन्तर्गत ऐच्छिक शिक्षाका रुपमा ब्यूटीसियन र हेयरड्रेसिङ फेसियल हाउसमा अध्यापन गर्न पाउने सम्झौतापत्रमा उल्लेख छ । राष्ट्रिय परिक्षा बोर्डले ब्यूटि एण्ड हेयरलाई पनि प्लस टु मा ऐच्छिक विषयका रुपमा समावेश गरेसंगै कलेज र फेसियल हाउसले यस विषयमा अध्यापन गराउने भएका हुन् ।
कलेजका अध्यक्ष सिलवालले सम्झौतपश्चात विद्यार्थीलाई आत्मनिर्भर बनाउने बताएका छन् । उनले भने, ‘यो सम्झौता गर्दा विद्यार्थीले पढदै काम गर्दै आत्मनिर्भर बन्ने प्रोडक्ट हो, यो मोडेल सफल भयो भने अन्य संघ संस्थालाई पनि उदारणीय हुनेछ ।’ यस्तै यो सम्झौताले ब्यूटीशियन सम्बन्धी राम्रो म्यानपावर उत्पादन हुने उनले विश्वास व्यक्त गरे
त्यस्तै, फेसीयल हाउसकी निर्देशक शाहले सौन्दर्य क्षेत्रको प्रशंसा गर्दै यस क्षेत्रमा राम्रो स्कोप रहेको बताएकी छन् ।
उनले कलेजले एकाडेमिक कोर्समा नै यी विषयहरु समावेश गरेर विद्यार्थीलाई थप तालिम लिनुपर्ने बाध्यतालाई अन्त्य गरेको धारणा व्यक्त गरिन् । उनले भनिन, ‘बिगतका दिनमा कलेज पढिसकेपछी ब्यूटीशियन सिक्न चाहानेले छुट्टै तालिम लिनु पर्थ्यो , तर अहिले कलेजको कोर्समा नै यो विषय समावेश गरेको छ, जसले गर्दा विद्यार्थीले पढदा पढदै काम पनि गर्न पाउँनेछन् ।
काठमाडौंको सुन्धारामा अवस्थित रहेको फेसियल हाउस देशकै उत्कृष्ट सैलुनहरू मध्ये नं १ व्युटि सलुनको रुपमा परिचित छ । चाबहिल, बागबजार, सीटीसी मल, पोखरा र सुर्खेतमा फेसल हाउसको शाखा रहेको छन् । फेसियल हाउसले छाला, कपालसम्बन्धीका समस्यालाईलाई ध्यानमा राखी चीन, मलेसिया, कोरिया र थाइल्याण्डका कम्पनीहरुसँगको साझेदारीमा थोक तथा खुद्रा कस्मेटिक्स सेवाका साथै ब्यूटि एण्ड हेयर सम्बन्धी अध्यापन पनि गराउँदै आएको छ ।
बिगत १५ बर्षदेखि शैक्षिक सेवा प्रदान गर्दै आएको गोल्डेनगेट इन्टरनेसनल कलेज देशकै उत्कृष्ठ कलेज मध्यको एक कलेजमा गनिन्छ । बत्तिसपुतलीमा रहेको यस कलेजले विज्ञान, मानविकी र व्यवस्थापन विषयमा अध्यापन गराउदै आएको छ ।
तपाईको प्रतिक्रिया