झापाका तीन किशाेरिद्वारा चिया बगानकाे रूखमा झुन्डिएर सामुहिक आत्महत्या
- २०७९ श्रावाण ८ आइतबार
८ श्रावन २०७९
हाईस्पीड संवाददाता झापा
जिल्लामा तीन किशोरीद्वारा सामूहिक आत्महत्या गरेका छन्। झापा जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरूले एउटै रूखमा झुन्डिएर आत्महत्या गरेका हुन् ।
जिल्लाकाे कचनकवल गाउँपालिका वडा- ५ पाठामारीका तीन किशोरीले पाठामारीको बेल्लेगाउँस्थित सुनकोशी चिया बगानमा झिङ खोला किनारको रूखमा झुन्डिएर सामूहिक आत्महत्या गरेका प्रहरीले जनाएको छ।
आत्महत्या गर्नेमा १६ वर्षीया करिना गणेश, १७ वर्षीया अन्जली गणेश र १६ वर्षीया कल्पना गणेश रहेका छन्।
गाई बाँध्ने दाम्लो, प्लाष्टिकको डोरी र गम्छा प्रयोग गरेर ती किशोरीले आत्महत्या गरेका प्रहरीले जनाएको छ।
यसबारेमा अनुसन्धान भइरहेकाे प्रहरीकाे भनाइ छ ।
तपाईको प्रतिक्रिया