कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राख्न आदेश
- २०७९ भाद्र १४ मङ्गलबार
१४ भाद्र २०७९
हाईस्पीड संवाददाता काठमाडौँ
जिल्ला प्रशासन कार्यालय काठमाडौँले कमेडियन अपुर्व क्षितिज सिंहलाई १० दिन थुनामा राख्न अनुमति दिएको छ ।
नेवार समुदायमाथि व्यंग्य गर्दै भिडियो बनाएका उनलाई जातिय टिप्पणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।उनलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रशासनले प्रहरीलाई अनुमति दिएको हो । सिंहले कमेडी क्याफे युट्युव च्यानलमा नेवार समुदायको भाषा, संस्कृति, लवज माथि व्यंग्य गर्दै भिडियो बनाएका थिए । उक्त भिडियोले नेवार समुदायको संस्कृतिमाथि चोट पुर्याएको भन्दै निवेदन परेको थियो । उनले माफि माग्दै भिडियो समेत हटाएका छन् ।
तपाईको प्रतिक्रिया