कैलालीमा नदीमा डुबेर किशोरको मृत्यु
- २०७९ भाद्र २५ शनिवार
२५ भाद्र २०७९
हाईस्पीड संवाददाता काठमाडौँ
नदीमा डुबेर गोदावरी नगरपालिका ८ का एक किशोरको मृत्यु भएको छ ।
गएराति ८ बजेतिर नुहाउने क्रममा स्थानीय खुटिया नदीले बगाउँदा १४ वर्षीय रोहित गुरुङको मृत्यु भएको हो ।
अस्थायी प्रहरी पोस्ट स्याउलेबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्दा नदीबाट अन्दाजी १५० मिटर दक्षिण नदीको किनारमा मृत अवस्थामा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
तपाईको प्रतिक्रिया