सुन र चाँदीको मूल्य बढ्यो
- २०७९ असोज १३ बिहीबार
१३ असोज २०७९
हाईस्पीड संवाददाता काठमाडौँ
नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनमा सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको हो ।यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा पुगेको छ।
बिहीबार चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ११७० रुपैयाँमा कारोबार भइरहेको छ।
तपाईको प्रतिक्रिया