दराजको बिगेस्ट सेल अफ द इअर सुरु हुँदै, ८० प्रतिशतसम्म छुट पाइने
- २०७९ कातिर्क २३ बुधबार
२३ कार्तिक २०७९
हाईस्पिड सम्बाददाता काठमाण्डौ ,
काठमाडौं । दराज नेपालले वर्षको सबैभन्दा ठूलो सेल ११ः११ सुरु हुन गएको घोषणा गरेको छ । यो अभियान आधिकारिक रूपमा कार्तिक २४ गते सुरु हुनेछ ।यस वर्षको ११ः११ विगतका वर्षहरू भन्दा ठूलो हुने र आफ्ना ग्राहकहरूलाई थप आकर्षक र रोमाञ्चक सपिङ अनुभव प्रदान गर्ने दराजले जनाएको छ ।
यस अभियानको मुख्य हाइलाइटहरू भने ११ लाख सामानहरूमा ८० प्रतिशतसम्म छुट प्रि पेमेन्टमा २० प्रतिशतसम्म तथा ३ हजारसम्म छुट पाइनेछ ।बैंक र प्रिपेमेन्ट छुटमा ११ः११ मा किनमेल गर्ने ग्राहकहरूले क्रेडिट कार्डमार्फत २० प्रतिशत तथा बढीमा ३० हजारसम्म पाउनेछन् । डेबिट कार्डमा १५ प्रतिशत र बढीमा २५ हजारसम्म छुट पाइनेछ ।
तपाईको प्रतिक्रिया