कप्तानीलाई चुनौती होइन, अवसरको रूपमा लिएको छु भन्छन रोहित पौडेल पत्रकार सम्मेलन मा
- २०७९ कातिर्क २७ आइतबार
२७ कार्तिक २०७९
हाईस्पिड सम्वाददाता काठमाण्डौ ,
नवनियुक्त नेपाली राष्ट्रिय त्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले आफूले पाएको जिम्मेवारीलाई अवसरको रूपमा लिएको बताएका छन् ।संयुक्त अरब इमिरेट्स ९यूएई०सँगको तीन खेलको एकदिवसीय शृंखलाको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै रोहितले कप्तानीलाई आफूले दबाबको रूपमा नलिएको बताए ।
“कप्तानीलाई चुनौती भन्दा पनि अवसरको रूपमा लिएको छु । घरेलु मैदानमा समर्थकको राम्रो साथमा कप्तानीको पहिलो शृंखला सुखद बनाउने लक्ष्यमा छु । यूएईसँगको शृंखलाका लागि धन्यवाद,” रोहितले भने ।नेपालले कात्तिक २८, ३० र मंसिर दुई गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईसँग तीन एकदिवसीय खेलको शृंखला खेल्ने तय भएको छ ।रोहितले नेपाली टिम शृंखलाका लागि पूर्ण रूपमा तयार रहेको बताए ।
“प्रतियोगिताका लागि हामी पूर्ण रूपमा तयार छौँ । घरेलु लिग पनि खेलेका छौँ । स्पिनरले त्यो रेस्पोलिन्टी लिनुपर्छ । बलरको कमी हुन दिनु हुँदैन,” रोहितले भने, “प्रेसर भन्दा पनि अवसर हो । यसलाई प्रमाणित गर्छु । राम्रो सिरिज हो । नामिबिया भ्रमणका लागि राम्रो तयारी हुनेछ । हाम्रो टिम सन्तुलन छ र शृंखलामा उत्कृष्ट नतिजाका लागि खेल्नेछौँ ।”
शृंखलाका लागि नेपाली टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले १६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरिसकेका छन् । पत्रकार सम्मेलनमा बोल्दै प्रभाकरले शृंखलाबाट विश्वकप क्रिकेट लिग–२ अघि युवा खेलाडीले आफूलाई प्रमाणित गर्ने राम्रो अवसर भएको बताए ।
“यूएईसँगको शृंखलाका लागि तयारी राम्रो भएको छ । यूएईको टिमलाई स्वागत गर्न पनि चाहन्छु । नेपाली टिमका लागि युएईसँग नौलो टिम होइन । हाम्रो तिमल युवा र क्षमतावान खेलाडी छन् । सुखद नतिजाको लक्ष्यमा छौँ । युवा टोलीलाई यो शृंखलाबाट राम्रो हुनेछ । विश्वकप लिगलाई समेत गोल्डेन अवसर हो,” प्रशिक्षक प्रभाकरले भने ।
सीपी रिजवानले आफूहरूलाई नेपालको क्रिकेट क्रेजबारे राम्रो जानकारी रहेकोले नेपाली टिमलाई हल्का रूपमा नलिएको बताए ।“हामीलाई बोलाएको नेपाली क्रिकेट संघलाई धन्यवाद दिन चाहन्छु । नेपाललाई हल्का रूपमा लिएका छैनौँ । यहाँको क्रिकेट वतावरणको बारेमा राम्रो जानकार छौँ । उनीहरू राम्रो क्रिकेट खेल्छन् । नेपालको युवा टिम छ । हालै नियुक्त भएका कप्तान रोहितलाई राम्रोसँग चिनेको छु । ऊ राम्रो खेलाडी हो । उसलाई सफलताको सुभकामना दिन चाहन्छु,” रिजवानले भने ।यूएईका प्रशिक्षक रोबिन सिंहले पनि आफूहरु शृंखलाका लागि तयार रहेको बताए ।
“हामी तयारी छौँ । दोस्रो राउन्डको हाम्रो लागि राम्रो टिम छ । युवा टिम छ । मलाई लाग्छ शृंखलाबाट हामी राम्रो एकदिवसीय अनुभव बटुल्ने छौँ,” सिंहले भने ।
तस्बिर -फोटोपत्रकार हरिस जंग क्षेत्री ,
तपाईको प्रतिक्रिया