युक्रेनभरि हमला सुरु रुसी विदेशमन्त्रीले बाली छाड्ने बित्तिकै
- २०७९ कातिर्क २९ मङ्गलबार
२९ कार्तिक २०७९
एजेन्सीको सहयोगमा ,
किभ रुसले युक्रेनको राजधानी किभमा आक्रमण गरी सहरको मध्यभाग नजिक रहेको आवासीय भवनहरूमा क्षति पुर्याएको छ ।युक्रेनका माइकोलाइ, चेर्निहिभ र जापोरिझ्यालगायत अन्य स्थानहरूमा पनि हमला गरिएको देख्दा रुसी फौजको आक्रमण देशव्यापी भएको भान हुन्छ ।
मेयर भाइताली क्ल्त्स्चिकोका अनुसार किभको पेचेर्स्रक जिल्लाको तीनवटा भवन माथि प्रहार भएका छन् । विश्वका नेताहरू इन्डोनेसियाको बालीमा जी२० को बैठकमा सहभागी भइरहेकाबेला भएको यस आक्रमणको विश्वका नेताहरूले भर्त्सना गरेका छन् ।रुसको प्रतिनिधित्व गर्दै सो शिखर बैठकमा भाग लिइरहेका रुसी विदेश मन्त्री सर्गेइ लाभ्रोभले विमानमा बसेर बाली छाडेको लगत्तै सो आक्रमण सुरु भएको हो । क्ल्त्स्चिकोका अनुसार थुप्रै रुसी क्षेप्यास्त्रहरू किभमा अचुक निशाना लगाउन सफल भएका छन् भने उद्धार टोलीहरू परिचालित भएका छन् ।
किभभरि नै हवाई आक्रमणको साइरन बजाइएका छन् । माइकोलाइभका मेयर भाइताली किमले रुसी क्षेप्यास्त्रहरू तीन लहरमा प्रक्षेपण भएको दाबी गरेका छन् ।क्षेप्यास्त्र प्रहार निरन्तर जारी रहेको सूचना दिँदै चेर्निहिभका गवर्नर भ्याचेस्लाभ चाउसले स्थानीय बासिन्दालाई सुरक्षित आश्रयस्थलमा जान चेतावनी दिएका छन् ।गतसाता मात्र रुसले दक्षिणी सहर खेर्सोनबाट फौज फिर्ता लगेको थियो । यसलाई रुसी आक्रमणमा ठूलो धक्काको रूपमा लिइएको थियो । विगतमा स्थल युद्धमा पराजय हुँदा रुसले हवाई युद्धको सहारा लिने गरेको थियो । बीबीसीबाट
तपाईको प्रतिक्रिया