क्लब फ्यारेनहाईटमा गायक आदित्य नारायण झा को बबाल प्रस्तुति हुने
- २०७९ मंसिर ६ मङ्गलबार
६ मङ्सिर २०७९ ,
हाईस्पिड संवाददाता काठमाण्डौ ,
नेपालको काठमाण्डौ मा रहेको ठमेल स्थित क्लब फ्यारेनहाईटले गायक आदित्य नारायण झाको मंसिर १० गते तदनुसार नभेम्बर २६, २०२२ का दिन शनिबार कन्सर्ट गर्ने तयारी गर्दै छन् । सो कन्सर्टका लागि गायक झा शुक्रबार, मंसिर ९ गते तदनुसार नभेम्बर २५, २०२२ मा नेपाल आउने भएका छन् ।
उनले विभिन्न बलिउडका गितहरुका साथै नेपाली हिट नम्बरहरु पनि प्रस्तुत गर्ने कन्सर्टका आयोजक तथा क्लबका प्रबन्ध निर्देशक श्री मिलन श्रेष्ठले जनाएका छन् । गायक झाको कन्सर्टका लागि सोहि दिन ठमेल स्थित क्लब फ्यारेनहाईटबाटै टिकट लिन सकिने छ ।
गायक झाको छोटो नेपाल बसाईमा श्री पशुपतिनाथको दर्शन गर्ने सोच रहेको र सो कार्यले नेपालको पर्यटन विस्तार क्षेत्रमा केहि टेवा मिल्ने कन्सर्टका आयोजक तथा क्लबका प्रबन्ध निर्देशक श्री मिलन श्रेष्ठले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया