घाइतेको उद्धार: हेलिकोप्टर दुर्घटनामा तीन जना गम्भीर घाइते
- २०८० बैशाख २२ शुक्रबार
२२ वैशाख २०८०,
संखुवासभामा भएको हेलिकोप्टर दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्। भोटखोला गाउँपालिका-४ मा सिम्रिक एअरको हेलिकोप्टर दुर्घटना भएको हो।
हेलिकोप्टरमा सवार पाँच जनामध्ये तीन जना गम्भीर घाइते र दुई जना सामान्य घाइते भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले बताए।
घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। घाइतेको उद्धारमा सेनाले हेलिकोप्टरसहित ११ जनालाई खटाएको थियो।अरुण तेस्रो जलविद्युत आयोजनाका सामान ढुवानी गरिरहेको हेलिकोप्टर दुर्घटना भएको हो।
तपाईको प्रतिक्रिया