एमाले केन्द्रीय कमिटी बैठक : आजबाट समूहगत छलफल
- २०८० फागुन ९ बुधबार
९ फाल्गुन २०८०
हाईस्पीड सम्बादाता ,काठमाडौै
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल हुने भएको छ ।
बैठकमा प्रस्तुत चारवटा कार्ययोजनामा आजबाट समूहगत छलफल हुने भएको हो । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले छलफलका लागि नौ वटा समूह बनाइएको जानकारी दिए । आज बिहान १० बजेबाट समूहगत छलफल सुरु हुने उनले बताए ।
विभाग प्रमुख गौतमका अनुसार बैठकमा पार्टीको समग्र साङ्गठनिक कामको समीक्षा, पार्टीको शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा, जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबका विषय र समसामयिक प्रस्ताव छन् । बैठक यही फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।
तपाईको प्रतिक्रिया