बतास एमएडब्लु कमर्सियल भेहिकल्स प्रालि ( आइशर )ले यातायात प्रालिलाई बस हस्तान्तरण गरेको छ ।
- २०८० चैत २७ मङ्गलबार
२०८० चैत्र २७
हाईस्पीड सम्बादाता झापा
नेपालका लागि आधिकारिक बिक्रेता बतास एमएडब्लु कमसियल भेइकलले आइतवार (आज) एक कार्यक्रमका बिच दीप यातायातलाई बस बिक्री गरेर चावी हस्तान्तरण गरेको हो ।
प्रालिका मेनिजिङ डारेक्टर शान्तराज बतासले दीप प्रालिका अध्यक्ष कपिलकुुमार थापा र प्रवन्ध निर्देशक बसन्तकुुमार तिवारीलाई बसको चावी प्रदान गरेका थिए ।
अग्रज बस ब्यवसायी श्रीप्रसाद मैनालीको प्रमुुख आतिथ्य तथा प्रालिका बतासको अध्यक्षतामा भएको कार्यक्रममा आइशरका बारेमा जानकारी दिदैै कम्पनीका सेल्स हेड रघुुनाथ पौडेलले स्वागतसमेत गरेका थिए । नेपाल लगायत विश्वका अधिकांश देशमा नयाँ प्रबिधिसहित निर्यात गरेको साथै नेपालमा पनि अत्याधुुनिक प्रबिधियुुक्त गाडीहरु भित्र्याएर सेवा प्रवाह गर्दै आएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुुसार सुुरक्षित, आरामदायी सवारी साधान भएका कारण यो कम्पनीको गाडी ब्यवसायीको रोजाईमा परेको छ । कार्यक्रमको सञ्चालन बिएमसीभीका ब्रान्च मेनेजर अनिल पौडेलले गरेका थिए । कार्यक्रममा राष्ट्रिय यातायात महासंघ केन्द्रिय उपाध्यक्ष राजेन्द्र रिजाल, दीप यातायातका प्रवन्ध निर्देशक बसन्त तिवारी, बस ब्यवसायी हेमराज दाहाललगायतले शुुभकामना मन्तव्य राखेका थिए ।
विश्व प्रशिद्ध कम्पनी भल्भो सँगको सहकार्यमा आइशरले विभिन्न मोडलका यात्रुु तथा मालवहाक सवारी साधनहरु उत्पादन गर्दै आएको छ ।
सबै सडकमा प्रस्तुत हुुनसक्ने, बलियो Domex® चेसिस र नयाँ EUTECH6 इन्जिनहरूमा निर्मित, नयाँ रूटिङ बसहरूमा आधुनिक डिजाइन, बेजोड RP खण्ड विशिष्ट सुविधाहरू र भरपर्दो एग्रीगेटहरू छन् । शक्तिशाली, किफायती इन्जिन, बलियो बडी र सुधारिएको सस्पेन्सनले सुसज्जित नयाँ आइशर सार्वजनिक बसहरू चुनौतीपूर्ण सडकमामा पनि सहज रुपमा सञ्चालन गर्न सकिने कम्पिनीको दावी छ ।
तपाईको प्रतिक्रिया