हाईस्पिड सम्बाददाता , काठमाडौं ।
चर्चित मोडेल ,पत्रकार तथा सञ्चारकर्मी शुष्मी कंडेललाई पितृशोक परेको छ।

बागमती टेलिभिजन एच डीकी कार्यक्रम सञ्चालिका , रेडियो आहाकी कार्यक्रम प्रस्तोता तथा समाचार बाचिका र हाइस्पिड नेपालकि समाचार सम्बाददाता शुष्मी कंडेलका पिता गोपाल कडेलको हालै अकस्मात् देहावसान भएको हो । उहाँको निधनले कंडेल परिवार गहिरो शोकमा डुबेको छ।
पिताको देहावसानपछि शुष्मी कंडेल अहिले पितृकर्मका लागि गुल्मी दरबार गाउँपालिका–५, चारपालास्थित घरमा हुनुहुन्छ।मिडिया तथा मोडलिङ क्षेत्रमा सक्रिय शुष्मी कंडेलका बुबा स्व. गोपाल कडेल स्थानीयस्तरमा समाजसेवी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो।
हाइस्पिड नेपाल अन्लाईन परिवारले स्व. गोपाल कडेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै शुष्मी कंडेल र सम्पूर्ण शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछ।
तपाईको प्रतिक्रिया