प्रदर्शनीमा कक्षा ४ र ५ का विद्यार्थीहरूले आफ्ना सिर्जनात्मक मोडेलहरू र दैनिक जीवनसँग सम्बन्धित यन्त्रहरू प्रस्तुत गरे। सौर्य प्रणालीका मोडेल, सौर्य ऊर्जाबाट चल्ने उपकरण र विभिन्न सरल यन्त्रहरू प्रदर्शनीका मुख्य आकर्षण थिए।
अभिभावकहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई अझ सार्थक र उत्साहपूर्ण बनायो। उनीहरूले विद्यार्थीहरूको सिर्जनशीलता र ज्ञानको प्रशंसा गर्दै उत्सुकतापूक जिज्ञासा राखेका थिए। यसबाट स्पष्ट हुन्छ कि विद्यार्थीहरूलाई आफ्ना अभिभावक तथा अतिथिहरू सामु आफ्नो सिर्जना प्रस्तुत गर्ने अवसरले आत्मविश्वास र अभिव्यक्तिको क्षमता विकासमा ठूलो योगदान पुर्याउँछ।
कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले विज्ञान र अनुसन्धान विना राष्ट्रको विकास असम्भव भएको बताउनुभयो।वहाँले यस प्रकारका प्रदर्शनीहरूले विद्यार्थीहरूमा विज्ञानप्रतिको रुचि बढाउने र भविष्यका वैज्ञानिकहरू तयार गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । 
उक्त प्रदर्शनीमा ४० वटा सामाग्रीहरू प्रदषित थिए। त्यस प्रदर्शनीको लागि कक्षा ४ र ५ का सम्पूर्ण शिक्षकहरु तथा विज्ञान शिक्षकको महत्वपूर्ण योगदान रह्यो।
तपाईको प्रतिक्रिया