सफलता बोगटी
आजको दुनियाँमा राजनीतिको ध्रुवीयता बदलिरहेको छ| अर्थतन्त्रहरूको उचाइडलाइ भइरहेको छ र राष्ट्रहरूको भाग्य पल्टिइरहेको छ| यो सबैको चपेटा विश्वको गोदमा रहेको हाम्रो हिमाली राष्ट्र नेपालमा पनि पर्छ तर के यो वैश्विक हावापानीले हामीलाई डुबाइरहेको हो ?वा हामी आफैँ आँखा मिचेर हिँडिरहेका छौं |विश्व राजनीतिको झुलमा नेपाल आफ्नो ठाउँ र पहिचानको खोजीमा छ एउटा तर्फ चीन र अर्को तर्फ भारत जस्ता दुई विशाल अर्थतन्त्रको बीचमा रहेको हाम्रो भौगोलिक अवस्थितिले अवसरको ढोका खोलेको छ| भने अर्कोतिर यही भूराजनीतिक प्रतिस्पर्धाले गर्दा जटिलता पनि बढेको छ| यसलाई यतामात्रै तितो उतामात्रै पिरो को अवस्था भन्छन् र हामी त्यसैबीच पिल्सिएर छौं तर साच्चै यो बाहिरी परिस्थितिको खेल मात्र हो|
अहिलेको विश्व अर्को चरणमा छिरिरहेको छ| अमेरिकाको वर्चस्व घट्दैछ र चीन भारत र युरोप जस्ता शक्तिहरूको भूमिका बढ्दैछ| व्यापारिक तनाव प्रविधिको होड र जलवायु परिवर्तनजस्ता वैश्विक समस्याहरूले अन्तर्राष्ट्रिय सम्बन्धहरू नयाँ साँचोमा ढालिरहेका छन् |यसको असर सानोमझौला राष्ट्रहरूमा अझ गहिरो हुन्छ नेपालले लामो समयदेखि सन्तुलित विदेश नीति को बानी लगाएको छ| तर धेरै जसो यो नीति अस्पष्टताको बलिबलि बनेको छ विकास सहायताको लागि चीन ऊर्जा र सांस्कृतिक सम्बन्धको लागि भारत र प्रविधि र शिक्षाको लागि पश्चिमतिर हेर्ने हाम्रो प्रवृत्तिले हामीलाई रणनीतिक रूपमा कमजोर पारिरहेको छ| हामी धेरै माथि निर्भर छौं तर कुनै पनि दिशामा आत्मनिर्भर छैनौं वैश्विक शक्तिहरूको दृष्टिमा हाम्रो मूल्य हाम्रो भौगोलिक स्थानमा छ हाम्रो आर्थिक क्षमतामा होइन|
विश्वले हामीलाई चुनौती दिएको छ तर त्यसको सामना गर्ने क्षमता हाम्रो भित्रको नेतृत्वले निर्धारण गर्छ| र यहाँ नै हाम्रो सबैभन्दा ठूलो घाव छ अरू राष्ट्रहरूले कसरी उक्लिए त्यो हेरौं भियतनामले जसको अवस्था नेपालजस्तै थियो |आफ्नो कम्युनिस्ट पार्टीको नेतृत्वमा एउटा स्पष्ट आर्थिक लक्ष्य राख्यो उनले बिदेशी लगानीलाई आफ्नो शर्तमा स्वागत गरे मानवशक्तिमा लगानी गरे र निर्यातलाई प्राथमिकता दिए |उनीहरूको नीति र नेतृत्वमा स्पष्टता थियो हामी के गर्छौं हाम्रो आर्थिक नीति भनेको दाता संस्थाहरूले दिएको सिफारिसको कटपेस्ट हो हामी राष्ट्रिय स्वार्थ भन्ने शब्दलाई नै बिर्सिसकेका छौं| हाम्रा नीतिहरू प्रतिक्रियाशील छन् सक्रिय होइनन् हामी विश्वले दिने अनुसार चल्छौं विश्वलाई हाम्रो अनुसार चलाउने साहस गर्दैनौं| यस्तै इथियोपियाले जुन नेपालभन्दा धेरै पिछडिएको र भोकमरीग्रस्त थियो |आफ्नो जमिन र जनतालाई केन्द्रमा राखेर विकासको बाटो बनाएको छ उनले आफ्नो संसाधन र स्थितिअनुसारको रणनीति बनाए नेपालमा हामी सधैं अर्काको नकल गर्न खोज्छौं हामी हरित विकास को कुरा गर्छौं तर हाम्रा कार्यहरू भूरा विकास का हुन्छन् |हामी पर्यटनको कुरा गर्छौं तर हामी आफ्नो ऐतिहासिक सम्पदाको रक्षा गर्न सक्दैनौं|
वैश्विक मञ्चमा नेपालको आवाज कमजोर छ| किनभने हाम्रो आन्तरिक राजनीति कमजोर छ दलहरू आन्तरिक गुटीय लडाइँमा व्यस्त छन् |सरकारहरू अस्थिर छन् प्रधानमन्त्रीहरू विदेश भ्रमणमा विश्वलाई नेपालको गन्तव्य बताउँछन्| तर आफ्नै दलभित्र उनीहरूको अधिकार चल्दैन यो अवस्था कुनै पनि वैदेशिक नीतिलाई अप्रभावकारी बनाउँछ| जब हाम्रा नेता र दलहरू आफूमा लागिपर्छन् तब वैश्विक शक्तिहरूले नेपालमा आफ्नो प्रभाव बढाउने अवसर पाउँछन् |हामी आफैँ आफन्तोलाई धक्का दिएर बाहिरीहरूलाई आमन्त्रण गर्छौं| यो हाम्रो रणनीतिक असफलता हो हामी भूराजनीतिक खेलको मोहरा बन्न बाध्य छौं किनभने हामी आफैँ कुनै खेलाडी बन्न सकेका छैनौं|
वैश्विक राजनीतिले नेपाललाई असर गरेको छ| तर यसले नेपाललाई पराजित गरेको छैन असली समस्या बाहिर होइन| भित्र हो हामीले आफ्नो नेतृत्वलाई प्रश्न गर्नुपर्छ किन भियतनाम बङ्गलादेश वा इथियोपियाको नेतृत्वले आफ्नो देशलाई आर्थिक चमत्कार देखाउन सके तर नेपालको नेतृत्व सकेको छैन| हामीलाई एक स्पष्ट दीर्घकालीन राष्ट्रिय विकास दृष्टिकोण चाहिन्छ| जुन दाताहरूको सिफारिसमा आधारित नभएर नेपालको वास्तविकतामा आधारित होस्| हामीलाई यो बुझ्नुपर्छ कि विश्वमा सम्मान आर्थिक र सामरिक क्षमताबाट मात्र हासिल गर्न सकिन्छ भिखमाथीबाट होइन हामीलाई आफ्नो जल जंगल जमिन पर्यटन र युवा शक्तिलाई राष्ट्र निर्माणको आधार बनाउनुपर्छ| वैश्विक राजनीतिले नेपाललाई एउटा परीक्षणको सामना गराएको छ |यो परीक्षण हाम्रो राष्ट्रिय इच्छाशक्ति नेतृत्वको साहस र जनताको एकताको परीक्षण हो| यदि हामी आफ्नो घर आफैँ सुधार्न सकेनौं भने बाहिरी दुनियाँले हामीलाई कहिल्यै सम्मान दिँदैन समय आएको छ कि हामी वैश्विक राजनीतिको शिकार भन्ने भिक्टिम मानसिकताबाट मुक्त भई आफ्नो भाग्य आफैँ लेख्ने नायक बनौं|
(सफलता बोगटी एक राजनीतिक विश्लेषक तथा लेखक हुनुहुन्छ|)
तपाईको प्रतिक्रिया