वर्तमान संकटपूर्ण अवस्थाबाट छटपटाइरहेको नेपाललाई आवश्यक निकास दिनका लागि स्पष्ट मार्गचित्र, गन्तव्य र विकल्पसहितको सन्देश बोकेको राष्ट्रिय गीत ‘ब्युँझ ब्युँझ नेपाली’ को भव्य सार्वजनिकरण तथा देश परिवर्तनको अभियानमा सक्रिय जेनजी सहिद र घाइतेहरू को त्याग र संघर्षमा आधारित मार्मिक नाटक मञ्चन हुने भएको हुँदा यहाँहरूको गरिमामय उपस्थिति र सक्रिय सहभागिताका लागि आयोजक परिवार हार्दिक अनुरोध गर्दछ। दिनेश सुवेदीको प्रस्तुतीमा तयार पारिएको यो राष्ट्रिय गीतले राष्ट्रलाई सही दिशा प्रदान गर्ने उद्देश्य राखेको छ। कार्यक्रमको समुद्घाटन देशका लागि लड्नुभएका जेनजी घाइते प्रकाश बोहरा र १७ वर्षीया जेनजी घाइते एकता शाह द्वारा संयुक्त रूपमा हुनेछ। विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्व, अभियान्ताहरू र सक्रिय जेनजी अभियान्ताहरूको उपस्थिति रहने यस महत्वपूर्ण समारोहमा तपाईंको उपस्थिति राष्ट्रिय अभियानको लागि ठूलो प्रेरणा हुनेछ।
कार्यक्रमको विवरण:
-
मिति: २०८२ साल पौष ८ गते, मंगलबार
-
समय: दिउँसो ३:०० बजे देखि
-
स्थान: विजय पार्टी प्यालेस, मनोहरा प्लानिङ, लोकन्थली, भक्तपुर
-
Google Map Location: [suspicious link removed]
जय नेपाल!
तपाईको प्रतिक्रिया