२०८२ साल माघ ४
हाइस्पीड सम्वाददाता
मेयर बालेनले दिए राजीनामा, राजनीतिक चर्चा तीव्र
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा उपमेयर सुनिता डंगोललाई बुझाएका हुन्। उपमेयर डंगोलले मेयर शाहको राजीनामा प्राप्त भएको पुष्टि गरेकी छन्।
राजीनामापछि मेयर शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुग्ने कार्यक्रम रहेको छ। त्यहाँ उनलाई स्वागत गर्ने तयारी गरिएको छ भने कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति देखिएको छ। दिउँसो १ बजे नै कार्यालय पुग्ने भनिए पनि केही विषयमा निर्णय प्रक्रियामा रहेका कारण उनी केही ढिलो पुगेका हुन्।
राजनीतिक स्रोतका अनुसार शाहले रास्वपामा आबद्ध भई झापा–५ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी गरेका छन्। हाल उनी रास्वपाका वरिष्ठ नेताका रूपमा सक्रिय रहेका छन्। रास्वपा कार्यालयको कार्यक्रमपछि उनी आजै जनकपुर जाने कार्यतालिका रहेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया