२०८२ साल माघ ४
हाइस्पीड सम्वाददाता
निर्वाचन तयारीमा सरकार : आयोग संवाद तीव्र
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषद्का सदस्यहरूसहित निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने भएकी छन्। आजै बालुवाटारमा हुने छलफलमा निर्वाचन आचारसंहिता लागू गर्ने समय र त्यसअन्तर्गत सरकारले गर्न मिल्ने र नमिल्ने कार्यबारे आयोगका पदाधिकारीले जानकारी गराउने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले बताएका छन्।
उनका अनुसार छलफलको उद्देश्य आचारसंहिता कार्यान्वयनबारे स्पष्टता लिनु हो भने निर्वाचन वा मनोनयनको मिति सार्ने विषय यसमा समावेश छैन। निर्वाचन आयोगले माघको पहिलो साताबाट आचारसंहिता लागू गर्ने तयारी गरिरहेको छ। आचारसंहिता लागू हुनुपर्ने समय नजिकिएकाले सरकार र आयोगबीच समन्वयका लागि छलफल गर्न लागिएको हो।
यसैबीच कांग्रेसको आन्तरिक विवादका कारण शेरबहादुर देउवा समूहले आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ भने निर्वाचन आयोगमा पुगेर माघ ६ गतेको मनोनयन दर्ता समय सार्न माग पनि गरेको छ।
तपाईको प्रतिक्रिया