२०८२ साल माघ ५
हाइस्पीड सम्वाददाता
रास्वपाको टिकट विवादः जनकपुरमा होटल बाहिर चर्कियो विरोध
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र उम्मेदवार छनोट प्रक्रियामा अपारदर्शिता भएको आरोप लगाउँदै जनकपुरमा पार्टीका नेता तथा कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन्।
पार्टी अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह बसिरहेको होटल अगाडि पुगेर उनीहरूले असन्तुष्टि जनाएका हुन्। उक्त होटलमै लामिछाने र शाह हाल बसिरहेका छन्।
पार्टीका विभिन्न निर्वाचन क्षेत्रका बाँकी उम्मेदवारहरूलाई त्यहीँ बसेर टिकट वितरण भइरहेको भन्दै कार्यकर्ताहरूले आपत्ति जनाएका छन्। आजै वरिष्ठ नेता बालेन शाहले पनि सभापति लामिछानेसँग सोही होटलमै टिकट लिएको बताइएको छ।
रवि लामिछाने, बालेन शाहसहितका शीर्ष नेताहरू एक दिनअगावै जनकपुर आइपुगेका थिए। उनीहरूले आज जनकपुरमा आयोजित पार्टी सभामा समेत सहभागिता जनाएका थिए।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया