२०८२ साल माघ १८
हाइस्पीड सम्वाददाता
बाजुरामा प्रतिनिधिसभा निर्वाचनका लागि सुरक्षा तयारी तीव्र
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरा जिल्ला सुरक्षा समितिले सुरक्षा तयारीलाई तीव्र पारेको छ।सुरक्षा समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार, मतदानस्थल निरीक्षण, सुरक्षाकर्मी परिचालन, कर्मचारी व्यवस्थापन र शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न सुरक्षा निकायबीच समन्वयमा तयारी भइरहेको छ।
जिल्लाका ७७ मतदानस्थलमध्ये ६२ अतिसंवेदनशील, १२ संवेदनशील र ३ सामान्य गरी वर्गीकरण गरिएको छ। निरौलाका अनुसार, संवेदनशील स्थलमा भौगोलिक अवस्था, राजनीतिक गतिविधि, विगतका अनुभव आदिलाई ध्यानमा राखेर सुरक्षा कडाइ गरिनेछ।
बाजुरामा एक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा एक स्वतन्त्रसहित सात दलका उम्मेदवार मनोनयन दर्ता गरेका छन्। आगामी निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र स्वतन्त्र रुपमा सम्पन्न गर्न उम्मेदवारहरूले ९ बुँदे सामूहिक प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।
जिल्लामा कुल ८७,८६१ मतदाता छन्, जसमा पुरुष ४५,४२८, महिला ४२,४३१ र अन्य २ जना छन्। जिल्लाभर ७७ मतदानस्थल र ११८ मतदान केन्द्र कायम गरिएको छ।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया