२०८२ साल माघ २७
हाइस्पीड सम्वाददाता
कालीगण्डकी नदी किनारमा मानव कंकाल फेला
गुल्मीको कालीगण्डकी गाउँपालिका–४ स्थित कालीगण्डकी नदी किनारमा मानव कंकाल फेला परेको छ। सोमबार दिउँसो ‘घुमाउने’ भन्ने स्थानमा ढुंगाको चेपभित्र कंकाल देखेपछि स्थानीयले जिल्ला प्रहरी कार्यालय गुल्मीलाई खबर गरेका थिए।
सूचना प्राप्त भएपछि प्रहरी चौकी पूर्तिघाटबाट पुगेको टोलीले घटनास्थल सुरक्षित बनाएको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको नेतृत्वमा अर्को टोली खटिएर घटनाबारे अनुसन्धान सुरु गरेको छ।
हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार मृतकको पहिचान तथा घटनाको कारण पत्ता लगाउने प्रयास जारी रहेको छ।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया