२०८२ साल फाल्गुन १
हाइस्पीड सम्वाददाता
आगामी २१ फागुनमा हुने निर्वाचन आयोगले दृष्टिविहीन, शारीरिक रूपमा अशक्त तथा आफैं मतसंकेत गर्न नसक्ने मतदाताका लागि विशेष व्यवस्था गरेको जनाएको छ। आयोगका अनुसार गर्भवती, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथा लैंगिक तथा यौनिक अल्पसंख्यक मतदातालाई पनि लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्न दिने व्यवस्था मिलाइएको छ।
आफैं मतसंकेत गर्न असमर्थ मतदाताले एकाघरका परिवारका सदस्यलाई गोप्य मतदानस्थलमा साथ लैजान मतदान अधिकृतसँग अनुमति माग्न सक्नेछन्, र अधिकृतले आवश्यक ठानेमा अनुमति दिनेछन्। साथै सहयोग आवश्यक परेमा मतदान अधिकृतले नै मतसंकेत प्रक्रियामा सहायता गर्ने आयोगले स्पष्ट पारेको छ।
देशभर हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मतदान केन्द्र र स्थल निर्धारण भइसकेका छन्। ती स्थानको व्यवस्थापनलाई समावेशी र सहज बनाउन आयोगले नीति तयार पार्दै विशेष आवश्यकताका मतदातालाई लक्षित सुविधा लागू गर्न लागेको जनाएको छ।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया