२०८२ साल फाल्गुन ११
हाइस्पीड सम्वाददाता
२१ फागुनमा आन्तरिक उडान बन्द, अन्तर्राष्ट्रिय सेवा भने नियमित
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका दिन देशभर आन्तरिक हवाई उडान सेवा बन्द रहने भएको छ। नेपाल पर्यटन बोर्डले ट्राभल एडभाइजरी जारी गर्दै सो जानकारी दिएको हो। बोर्डका अनुसार अन्तर्राष्ट्रिय उडान भने नियमित रूपमा सञ्चालन हुनेछन्।
बोर्डले निर्वाचन अवधिभर नेपाल पर्यटकका लागि खुला र सुरक्षित रहने स्पष्ट पार्दै सरोकारवाला निकायसँग समन्वय भइरहेको जनाएको छ। निर्वाचनको दिन विमानस्थल–होटल र होटल–विमानस्थल सटल सेवा सञ्चालन गर्न इच्छुक कम्पनीहरूका लागि जिल्ला प्रशासन कार्यालयबाट सवारी पास उपलब्ध गराउन आवश्यक सिफारिस दिने व्यवस्था मिलाइएको छ।
त्यसैगरी, निर्वाचन हुनुभन्दा ७२ घण्टा अघि सीमानाका बन्द गरिने सूचनासमेत जारी गरिएको छ। यद्यपि, देशभरका होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा ऐतिहासिक स्थलहरू भने खुला रहने बोर्डले जनाएको छ।
निर्वाचनका कारण आन्तरिक उडान प्रभावित भए पनि पर्यटक गतिविधि नियमित राख्न समन्वय भइरहेको बोर्डले उल्लेख गरेको छ।
तपाईको प्रतिक्रिया