रौतहटको राजपुर–३ मा शंकास्पद वस्तु फेला, बम डिस्पोजल टोली परिचालन
राजपुर नगरपालिका–३ स्थित ग्रामीण सडक किनारमा शंकास्पद वस्तु फेला परेपछि क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। बेवारिसे अवस्थामा रहेको उक्त वस्तु देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।
सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको थियो। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै गौर पुरेनवास्थित नारायण दल गणबाट नेपाली सेनाको बम डिस्पोजल टोली परिचालन गरिएको छ।
नारायण दल गणका अनुसार टोलीले शंकास्पद वस्तुको प्रकृति पहिचान गरी आवश्यक प्रक्रिया पूरा गर्दै सुरक्षित रूपमा डिस्पोज गर्ने तयारी गरिरहेको छ। घटनास्थल वरपर सर्वसाधारणको आवतजावत रोकिएको छ भने सुरक्षा घेरा कडा पारिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया