सर्लाहीमा युवकमाथि अर्धनग्न बनाएर कुटपिट, एक पक्राउ
सर्लाहीमा एक युवकमाथि अर्धनग्न बनाएर सामूहिक कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार घटना सर्लाहीको Kabilasi Municipality–१० स्थित चमेलीमाई मन्दिर पछाडिको फनपार्कमा फागुन २३ गते भएको हो। सो घटनामा Pramit Kumar Yadav (१९) लाई केही व्यक्तिले अर्धनग्न बनाएर कुटपिट गरेको देखिएको छ।
पीडित पक्षले फागुन २९ गते रोहितकुमार यादवसहितका व्यक्तिविरुद्ध ज्यान मार्ने उद्योग, अपमानजनक तथा अमानवीय व्यवहार तथा कुटपिट गरी अंगभंग गरेको आरोपमा जाहेरी दिएका थिए। सोही आधारमा प्रहरीले आरोपित Rohit Kumar Yadav लाई पक्राउ गरेको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिएका छन्।
प्रहरीले रोहितलाई फागुन २९ गतेदेखि लागू हुने गरी सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
तपाईको प्रतिक्रिया