२०८२ साल चैत्र ६
हाइस्पीड सम्वाददाता
रास्वपाद्वारा सानो मन्त्रिपरिषद् गठनको तयारी, १८ मन्त्रालयमा सीमित गर्ने योजना
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ सरकार गठनको गृहकार्यमा तीव्र रूपमा जुटिरहेको छ। पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने तयारी भइरहेको छ र त्यसका लागि विधान संशोधन आवश्यक नपर्ने बताइएको छ। आगामी १३ गते प्रधानमन्त्रीसहित मन्त्रीहरूको सपथ गराउने लक्ष्य राखिएको छ भने सोही दिन सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारीसमेत भइरहेको छ। हाल रहेका २२–२३ मन्त्रालयलाई घटाएर करिब १८ मा सीमित गर्ने योजना अघि बढाइएको छ, यद्यपि यस विषयमा अन्तिम निर्णय भइसकेको छैन। मन्त्रालयको संरचना मिलाउन केही मन्त्रालय गाभ्ने वा एउटै मन्त्रीलाई दोहोरो जिम्मेवारी दिने विकल्पहरू पनि छलफलमा छन्।
महामन्त्री बुर्लाकोटीले मन्त्रालय र मन्त्रीहरूको जिम्मेवारीबारे औपचारिक निर्णय अझै नभएको स्पष्ट पारेका छन्। सबै निर्णयहरू एकैपटक टुंग्याइने बताउँदै उनले अहिले विभिन्न प्रस्तावहरूमा आन्तरिक गृहकार्य भइरहेको जानकारी दिए। साथै, १२ गते सांसदहरूको सपथपछि संसदीय दलको बैठक बस्ने तयारी भइरहेको छ। दलको नेता चयनका लागि विधान संशोधन आवश्यक नभएको र राजनीतिक सहमतिका आधारमा प्रक्रिया अघि बढाइने पनि उनले उल्लेख गरेका छन्।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया