२०८२ साल चैत्र १३
हाइस्पीड संवाददाता
शीर्षक: यौन हिंसाविरुद्ध कडा कानुनी सुधारको पहल, मन्त्री गौतमको पहिलो निर्णय
काठमाडौं सोविता गौतम ले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको पदभार सम्हाल्दै यौनजन्य हिंसाविरुद्ध कडा कदम चाल्ने संकेत दिएकी छन्। पदभार ग्रहणसँगै उनले जबरजस्ती करणी, त्यसपछि हुने हत्या तथा बालबालिकासम्बन्धी जघन्य अपराधका दोषीलाई कडा सजाय र पीडितलाई शीघ्र न्याय सुनिश्चित गर्न कानुन संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेकी हुन्।
मन्त्री गौतमले विद्यमान कानुनहरू विशेषगरी अपराध संहितामा रहेका अवरोधहरू पहिचान गर्न अध्ययन कार्यदल गठन गर्ने र त्यसका आधारमा आवश्यक कानुनी संशोधन गर्ने प्रक्रिया अघि बढाउने बताएकी छन्।
उनको यो कदमले यौन हिंसाका घटनामा पीडितलाई छिटो न्याय दिलाउने र दोषीमाथि कडा कारबाही सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया