२०८२ साल चैत्र २४
हाइस्पीड संवाददाता
सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटामा कार्यरत इन्जिनियरसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सब–इन्जिनियर रविन श्रेष्ठलाई ८५ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा सोमबार नियन्त्रणमा लिएको हो।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ स्थित एक विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानी प्रक्रिया अगाडि बढाउन सेवाग्राहीसँग विभिन्न बहानामा घुस मागिएको उजुरीपछि अख्तियारले निगरानी बढाएको थियो। सोही आधारमा राईलाई ललितपुरबाट घुस रकमसहित पक्राउ गरिएको हो भने कार्की र श्रेष्ठलाई क्रमशः धनकुटा र भोजपुरबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
पक्राउ परेकाहरूबाट नगदसहित तीन थान मोबाइल र आवश्यक कागजात बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया