२०८२ साल चैत्र २५
हाइस्पीड संवाददाता
बुधबार सेयर बजारमा उल्लेखनीय सुधार देखिँदै नेप्से परिसूचक २८ सय अंक नाघेको छ। अघिल्लो दिन सामान्य गिरावट आएको बजार आज ४५.१२ अंकले उकालो लाग्दै २८०२ अंकमा पुगेको हो, जुन दिनभरकै उच्च बिन्दु पनि बनेको छ।
कारोबार रकममा पनि वृद्धि देखिएको छ। अघिल्लो दिन ६ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएकोमा आज बढेर ८ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। बजारमा २५१ कम्पनीको शेयर मूल्य बढ्दा १५ कम्पनी घटेका छन् भने २ कम्पनी स्थिर रहेका छन्।
सबै समूहगत सूचक हरियाली देखिएका छन्, जसमा उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ३.८७ प्रतिशतले बढेको छ। त्यसपछि होटल तथा पर्यटन, हाइड्रोपावर र विकास बैंक समूहमा पनि उल्लेखनीय वृद्धि देखिएको छ।
आज ६ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको सर्किट लागेको छ, जसले बजारमा लगानीकर्ताको उत्साह बढेको संकेत गर्दछ। साथै केही कम्पनीमा उल्लेखनीय वृद्धि भए पनि केही हाइड्रोपावर कम्पनीहरूको मूल्यमा भने गिरावट आएको छ।
उच्च कारोबार हुने कम्पनीहरूमा एसवाई प्यानल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र नेसनल हाइड्रोपावर अग्रस्थानमा रहेका छन्।
समग्रमा बजारमा सकारात्मक वातावरण देखिँदा लगानीकर्तामा उत्साह थपिएको छ।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया