२०८२ साल माघ १७
हाइस्पीड सम्वाददाता
साँफेबगरमा सुनको सिक्री चोरी आरोपमा एक युवक पक्राउ
अछाम । साँफेबगर नगरपालिका–४ छिपेखोलाबाट सुनको सिक्री चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्ने व्यक्ति पर्सा जिल्लाको पकाहा मैनपुर गाउँपालिका–५ का ३१ वर्षीय उमेश राय रहेको इलाका प्रहरी कार्यालय साँफेबगरले जनाएको छ ।
प्रहरीका अनुसार रास्वपाका वरिष्ठ नेता बालेन शाह सहभागी कार्यक्रम हेर्न गएकी साँफेबगर नगरपालिका–५ नौंठाना निवासी ४० वर्षीया सत्यदेवी कुँवरले घाँटीमा लगाएको १२.१७ ग्राम तौलको सुनको सिक्री चोरी भएको थियो ।सिक्री हराएको जानकारी प्राप्त भएपछि प्रहरीले तत्काल खोजतलास गरी रायलाई नियन्त्रणमा लिएको हो । हाल उनलाई हिरासतमा राखी घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया