२०८२ साल माघ २६
हाइस्पीड सम्वाददाता
नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर उकालो
नेपाली बजारमा सोमबार पनि सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ४ हजार १ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ६ सय रुपैयाँ पुगेको छ। यसअघि आइतबार सुन तोलामा ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो, भने शुक्रबार २ लाख ९१ हजार र बिहीबार २ लाख ९५ हजार २ सय रुपैयाँ कायम थियो। लगातारको मूल्यवृद्धिले बजारमा सुनको माग र अन्तर्राष्ट्रिय प्रभावबारे चासो बढाएको छ।
त्यसैगरी चाँदीको मूल्य पनि सोमबार उकालो लागेको छ। आज चाँदी प्रतितोला २ सय ४० रुपैयाँले बढेर ५ हजार २ सय ५० रुपैयाँ पुगेको छ। आइतबार भने चाँदी ५ हजार १० रुपैयाँमा किनबेच भएको थियो। सुनचाँदी दुवैको मूल्य बढिरहँदा बजारमा लगानीकर्ता र उपभोक्ताहरूको ध्यान यसतर्फ केन्द्रित भएको छ।
तपाईको प्रतिक्रिया