२०८२ साल फाल्गुन १२
हाइस्पीड सम्वाददाता
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेललाई रिहा गर्न आदेश दिएको छ। मंगलबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै उक्त आदेश जारी गरेको हो।
कट्टेलको नेतृत्वमा रहेको पार्टीले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको थियो। सरकारले उनी चुनाव बिथोल्ने गतिविधिमा संलग्न हुन सक्ने आशंकामा फागुन ६ गते पक्राउ गरेको थियो।
पक्राउपछि उनका छोरा रुपेश कट्टेलले फागुन ८ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए। सोही रिटमाथि सुनुवाइ गर्दै अदालतले कट्टेलको पक्राउ गैरकानुनी ठहर गर्दै रिहा गर्न आदेश दिएको हो।अदालतको आदेशसँगै कट्टेलको रिहाइ प्रक्रिया अघि बढ्ने भएको छ।
तपाईको प्रतिक्रिया