सुर्खेतमा बेपत्ता महिलाको शव भेरी नदीमा फेला, दुई बालबालिकाको खोजी जारी
सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी माया कठायतको शव भेरी नदीमा फेला परेको छ। आइतबार बिहानदेखि आफ्ना दुई छोराछोरीसहित बेपत्ता भएकी मायाको शव सोमबार बेलुकी भेटिएको प्रहरीले जनाएको छ।
Maya Kathayat को शव हराएको स्थानबाट करिब सात किलोमिटर दक्षिणतर्फ रहेको Bheri River किनारमा, Lekbeshi Municipality–३ पटारे क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहन जङ्ग बुढथापाले जानकारी दिए।
मायासँगै बेपत्ता भएका उनकी ११ वर्षीया छोरी आशा र पाँच वर्षीय छोरा दीपकको खोजी कार्य भने अझै जारी रहेको प्रहरीले जनाएको छ।
मायाका श्रीमान् भूपेन्द्र कठायतले प्रहरी चौकी गुमीमा खबर गरेपछि प्रहरी र स्थानीयवासीले खोजी अभियान थालेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया