२०८२ साल चैत्र २३
हाइस्पीड संवाददाता
फेवाताल क्षेत्रको यथार्थ पत्ता लगाउन ५ सदस्यीय छानबिन समिति गठन
सरकारले फेवातालको चार किल्लाभित्र रहेको जग्गाको हालको अवस्था एकिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकको संयोजकत्वमा उक्त समिति बनाएको हो।
समितिले फेवाताल क्षेत्रभित्र रहेका सबै जग्गाको अवस्था, निर्माण भएका संरचना, तथा निजी र सरकारी जग्गाको दर्ता र प्रयोगको स्थिति अध्ययन गर्नेछ। साथै, सम्पूर्ण कित्ता जग्गाको यथार्थ विवरण संकलन गरी अभिलेखीकरण गर्ने जिम्मेवारी पनि दिइएको छ।
फेवाताल संरक्षण र व्यवस्थापनलाई प्रभावकारी बनाउन गठन गरिएको समितिलाई ७ दिनभित्र प्रतिवेदन पेश गर्न समयसीमा तोकिएको छ। पछिल्लो समय फेवाताल अतिक्रमणको विषयमा चासो बढेसँगै पोखरा महानगरले अतिक्रमित क्षेत्र खाली गराउने अभियान समेत सञ्चालन गरिरहेको छ।
तपाईको प्रतिक्रिया