चीनले हुम्लाका जनतालाई दियो स्वास्थ्य र खाद्य सामग्री
- २०७८ कातिर्क ५ शुक्रबार
५ कार्तिक २०७८
हाईस्पीड संवाददाता काठमाडौँ
हुम्लाका जनतालाई उत्तरी छिमेकी देश चीनले खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
बिहीबार चिनियाँ विदेश मन्त्रालय र तिब्बत स्वायत्त क्षेत्रका स्थानीय अधिकारीले हुम्लालाई स्वास्थ्य तथा दैनिक उपभोग्य खाद्य सामग्री उपलब्ध गराएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छन् ।यो सहयोगलाई राजदूत यान्छीले महामारीविरुद्ध दुई देशको संयुक्त लडाइँको एक महत्वपूर्ण पक्ष भनेकी छन् ।उनले ट्वीट गर्दै कोरोना भाइरसविरुद्ध संयुक्त रुपमा लड्न चीन–नेपालको लागि सीमा सहकार्य महत्वपूर्ण पक्ष रहेको उल्लेख गरेकी छन् ।
तपाईको प्रतिक्रिया